कास्कीको याङ्जाकोटमा १ लाख राशीको भलिबल प्रतियोगिता हुने
पाेखरा | चैत २६, २०७९
पोखरा: कास्कीको मादी गाउँपालिका ३ याङ्जाकोटमा २५६७ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला हुने भएको छ ।
याङ्जाकोट मिलन युवा क्लबको आयोजनामा बैशाख २१ देखि २३ गतेसम्म बुद्ध जयन्तीको अवसरमा मेला आयोजना गर्न लागेको आज (आइतबार) पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
याङ्जाकोट मिलन युवा क्लबका अध्यक्ष बिकास गुरुङले २५६७ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला आयोजना गरेको बताए ।
‘दुईवर्ष सम्म कोरोना भाइरसका कारण मेला आयोजना गर्न सकेनौं, अध्यक्ष गुरुङले भने, २ वर्षपछि ‘२५६७’ औं बुद्ध जयन्तीको अवसरमा बैशाख पूर्णिमा मेला आयोजना गर्न लागेका हौं, यस मेलाले मादी गाउँपालिका र याङ्जाकोटको पर्यटन क्षेत्रमा सहयोग पुग्ने आशा राखेका छौं ।’
उनका अनुसार भलिबल प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १ सय ११ र दोस्रो हुने समूहले ५५हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् । यस्तै बास्केटबल प्रतियोगितामा प्रथम हुने समूहले १ लाख १ हजार १ सय ११ र दोस्रो हुने समूहले समान ५५ हजार ५ सय ५५ रुपैया प्राप्त गर्नेछन् । भलिबल प्रतियोगिता खुल्ला वडा स्तरीय र बास्केटबल प्रतियोगिता खुल्ला हुने क्लबले जनाएको छ ।
यस्तै सामुहिक नृत्य तर्फ प्रथम हुने समूहले ५० हजार दोस्रो हुने समूहले ५५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । ठेलो प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार र दोस्रो हुने समूहले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् भने, रस्साकस्सी प्रतियोगितामा प्रथम हुने समूहले १५ र दोस्रो हुने समूहले १० हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । कुर्ची दौड प्रतियोगितामा प्रथम हुने समूहले ५ र दोस्रो हुने समूहले ३ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।
यस्तै क्लबले हाफ म्याराथन समेत आयोजना गर्ने भएको छ । म्याराथन तर्फ प्रथम हुने समूहले १५, दोस्रो हुने समूहले १० र तेस्रो हुने समूहले ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् । मेलामा करिव २५ लाख आम्दानी र २१ लाख ५९ हजार ३ सय २२ रुपैया खर्च हुने अनुमान क्लबले गरेको छ ।
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...
काठमाडौँ: चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् । उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

